Media Network

‘उर्मि’ फिल्म साउथ एसिया २०२२ मा


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ । 

फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् । तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रयण लिम्बुले फिल्ममा उतारेका हुन् । रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तर कुमार राईलाई प्रस्तुत गरिएको छ । 

दिपक बज्राचार्यको छायाँकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन् । 

आगामी शनिबार काठमाडौंको फिल्म प्रदर्शन हुने निर्देशक प्रणय लिम्बुले बताए । उनले भने, ‘समाजका लागि तन, मन, धन लगाएर सेवा गर्ने व्यक्ति अहिलेको समयमा भेट्न मुस्किल छ । उनको कथाले नयाँपुस्तालाई समाजका लागि केही गर्न प्रेरणा दिने विश्वास छ ।’ 


Share:
Reaction :
ताजा समाचार
खेलकुद