Media Network

उत्कृष्ट अभिनेता दीपकराज, उत्कृष्टअभिनेत्री सुरक्षा पन्त


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्रीका रुपमा सम्मानित भएका छन् । चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको हो।

सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट प्राप्त उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन् ।

आमा’ फिल्मबाट नै दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको पुरस्कार जितेका छन् । 

प्राविधिक विधातर्फ हरि हुमागाईँले ‘छ माया छाप्पक्कै’ बाट छायांकन विधामा सम्पादनतर्फ निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’ बाट पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराई कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद