Media Network

विमानस्थलको भीआईपी कक्षमा विशिष्ट फिल्मकर्मीलाई पनि इन्ट्री !(परिपत्र)


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौ । नेपाल सरकारले फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ ।

सोमबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै विशिष्ठ परिचय प्राप्त गरेको फिल्मकर्मीलाई सोही पत्रअनुसार भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

२०७७ साल चैत १ गते चलचित्र विकास बोर्डले नेपाल सरकारलाई पत्र लेखी विशिष्ट परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

बोर्डले अहिलेसम्म ४४ जना विभिन्न समयमा गरी योगदानको आधारमा विशिष्ट फिल्मकर्मी परिचय बाँडेको छ । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ । तर सरकारले नै यसरी बाँडेको परिचयपत्रको खास महत्व नदेखिएको भन्दै आलोचना भएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद