Media Network

वर्षाका कारण दोस्रो टी-२० स्थगित


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौं।  नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान  सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । 

वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा  दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो । एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन ।

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन। तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद