आईसीसीले बुधबार सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतातर्फ दीपेन्द्र नवौं स्थानमा पर्न सफल भएका हुन् । उनले १ सय ५२ रेटिङ अंक पाएका छन् । यसअघि १० औं स्थानमा थिए ।
अफगानिस्तानका मोहम्मद नाबी टि२० को अलराउन्डरतर्फ शीर्ष स्थानमा छन् । बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोईन अली तेस्रो, अष्ट्रेलिया ग्लेन म्याक्सवेल चौथो र इंग्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौं स्थानमा छन् ।
युएईका रोहन मुस्तफा छैटौं, नामिबियाका जेजे स्मित सातौं र ओमानका कप्तान जिशन मकसुद आठौं स्थानमा छन् । दीपेन्द्रपछि श्रीलंकाका वानिन्दु हसरंगा दशौं र दक्षिण अफ्रिकाका एडेन माक्ररम ११ औं स्थानमा छन् ।