Media Network

विश्वकप छनोटः आज नेपाल–फिलिपिन्स भिड्दै


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं । विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ । 

समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेलमा आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्न लागेको हो । 

फिलिपिन्सले शुक्रबार आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको पराकिलो हार व्यहोरेको थियो।

खेल ओमानको अलअमिरात क्रिकेट रंगशालामा नेपाली समय अनुसार ११ः४५ मा सुरू हुनेछ । 

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन् । समूह ‘ए’ लाई समूह १ र समूह २ मा विभाजन गरिएको छ । 

समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन् भने समूह २ मा बहराइन, जर्मनी, आयरल्याण्ड र यूएई रहेका छन् ।

समूह १ र  २ का शीर्ष २–२ टिम सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टिमले यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।

अर्को खेल नेपालले क्यानडासँग फागुन ९ गते खेल्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद