Media Network

विश्वकप छनोटः पोर्चुगलद्वारा नर्थ म्यासेडोनिया पराजित


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं । फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोट खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई पराजित गरेको छ । 

गएरातीको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–०ले पराजित गरेको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फ्रेनाण्डेजले गरेका थिए । ब्रुनोले खेलको ३२ औं मिनेट र ६५ औं मिनेटमा गोल गरे । 

विश्वकप छनोट अन्तर्गतकै गएरातीकै खेलमा पोल्याण्डले स्वीडेनलाई पराजित गरेको छ । पोल्याण्डले स्वीडेनलाई २–० ले पराजित गरेको हो । जितका लागि रोवर्ट लोवान्डेस्की र पिटर जिलोन्स्कीले गोल गरेका हुन ।

रोबर्टले ४९ औं मिनेटमा पहिलो गोल गरी पोल्याण्डको खाता खोलेका थिए भने जिलोन्स्कीले ७२ औं मिनेटमा गोल गरेपछि पोल्याण्ड २–० ले विजयी भयो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद