Media Network

विश्वकप छनौटमा भेनेजुएलामाथि ब्राजिलको सहज जित


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार

 

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले भेनेजुएलामाथि सहज जित हात पारेको छ ।शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।ब्राजिलको जितमा मार्कविनोज, गाब्रियल जिसस र एन्टोनीले एक एक गोल गरेका थिए । त्यस्तै भेनेजुएलाका लागि एरिक रामिरेजले एक गोल गरेका थिए ।

यो जितपछि ब्राजिलको ९ खेलमा २७ अंक भएको छ । ब्राजिल विश्वकप छनौटमा अहिलेसम्म खेलेका सबै खेल जितेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।त्यस्तै भेनेजुएलाको भने १० खेलमा यो आठौ हार हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद