Media Network

विश्वकप लिग २ः ओमानविरुद्ध नेपालको सानदार जित


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध सानदार जित हात पारेको छ । मंगलबार राती भएको खेलमा नेपालले शीर्ष स्थानको ओमानलाई ७ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ ओभर खेल्दा १ सय ६३ रन बनाएर अलआउट भएको थियो । ओमानमा क्याप्टेन जिसन मक्सुदले अर्धशतकीय पारी खेल्दै ५२ रन जोडे भने सन्दीप गौडले ४७ रन जोड । अन्य ब्याट्सम्यानले कमजोर प्रदर्शन गरे ।  

मात्र १ सय ६४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा १ सय १ बल बाँकी छँदै लक्ष्य पार गर्यो । 

ह्युस्टनको मोसा क्रिकेट मैदानमा नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले कीर्तिमानी साझेदारी गरे । आसिफले ६२ तथा कुशलले ५६ रनको योगदान गरे भने रोहित पौडेल नटआउट २६ र दीपेन्द्री सिंह ऐरीले नटआउट ६ रन जोडे । 

लिग २ को ६ खेलमध्ये नेपालले ओमानसँग ४ खेलमा पराजय ब्यहोरेको थियो । 

ओमानमाथिको जितसँगै नेपालले सात राष्ट्र सहभागी लिग २ मा पाँचौं स्थान बनाएको छ । नेपालले १५ खेलमा १५ अंक जोड्यो ।

अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागि ७ टोलीले ९ शृंखला अर्थात ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने प्रावधान छ ।

लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्ने छन् भने चौथो र पाँचौं हुने शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउने छन् ।

पहिलो खेलमा अमेरिकासँग १ सय १४ रनले पराजित ओमानले त्यसपछि नेपाल र अमेरिकालाई समान १३ रनले पराजित गरेको थियो । नेपाल र अमेरिकाबीचको अघिल्लो खेल बराबरीमा टुंगिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद