Media Network

विश्वकप दक्षिण अमेरिकी छनोटः ब्राजिलको सहज जित, अर्जेन्टिना इक्वेडरसँग बराबरी


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं । फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बोलोभियाको मैदानमा बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । 

ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे । खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लिएको ब्राजिलका लागि ४५औं मिनेटमा रिचार्लीसनले दोस्रो गोल थपे । 

दोस्रो हाफको ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्राजिलले खेलमा ३–० को अग्रता बनायो भने खेलको इन्ज्युरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै टिमलाई ४–० गोलको जित दिलाए । 

बुधबार नै भएको अर्काे खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना छनोट खेलमा अपराजित छन् । दुई टोलीबीचको अन्तिम खेल भने स्थगित छ । 

जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रहेको छ । 

यता, बराबरी खेलेको अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।

त्यस्तै बुधबार नै अभएको अर्काे खेलमा चिलीले उरुग्वेलाई २–० गोलले हराउँदा पेरुले पाराग्वेलाई २–० गोलले हरायो । यता भेनेजुएला कोलम्बियासँग १–० गोलले पराजित भयो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद