Media Network

विवाह गर्दै अभिनेता सौगात


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । नेपाली चलत्रिका अभिनेता सौगात मल्ल यही वर्ष वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मल्लले यही वर्ष लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताएका हुन् ।

आफ्नो नयाँ चलचित्र ‘मन्त्र’मा उनले प्रेमिकालाई छोपेर भगाएर लगेको दृश्य देख्न सकिन्छ । रियलमा पनि त्यस्तै सोच छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, “रियलमा त त्यसरी भगाएर गर्ने भन्ने सोच छैन, तर हामीले छिट्टै विवाह गर्ने सोच बनाइरहेका छौँ ।

 सौगात करिब चार–पाँच वर्ष देखि अभिनेत्री सृष्टि श्रेष्ठसँग प्रेमसम्बन्धमा छन् । दुवैको परिवार उनीहरूको प्रेमसम्बन्धबारे परिचित छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद