यी कलाकार जसले विमानस्थलको 'भीआईपी कक्ष ’ प्रयोग गर्न पाउनेछन्


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
यी  कलाकार जसले विमानस्थलको  'भीआईपी कक्ष ’ प्रयोग गर्न पाउनेछन्
काठमाडौ । देशको कला क्षेत्रमा योगदान पुराएका ४० जना कलाकारले विमानस्थलको भिआइपी(भिआइपी) कक्ष प्रयोग गर्न पाउने भएका छन्। 

चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन्।बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायत छन्।