Media Network

यू–१९ महिला क्रिकेट : भुटानद्वारा नेपाललाई ६७ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं।   आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो  ।

भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे । यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् । नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद