Media Network

युएफा नेशन्स लिगः पोल्यान्डको विजयी सुरुवात


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । वेल्सलाई २–१ अन्तरले हराउदै बुधबारदेखि सुरु भएको युएफा नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ ।  खेलमा ५२ औं मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए । 

यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे ।

समूह ‘ए’मा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद