Media Network

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीमा राष्ट्रिय गीतको बिमोचन


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौ । युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा नेपालको पहिलो राष्ट्रिय गीतलाई पुन संगीतबद्ध गरि बिमोचन गरिएको छ । गीतमा संगीतकार एलिस कार्कीेले संगीत भरेका हुन् ।

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई साथै विं।सं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशःगजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई नगद सहित सम्मान गरेको छ ।

त्यस्तै राष्ट्रिय गीत निर्माणमा लामो समय देखि सहभागी तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील गायिका गीता पाण्डे,संगीतकार एलिस कार्की तथा संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बैरागी काइलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

युगकवि श्रेष्ठका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘हिमगिरी मन्डित’ ,निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् ।उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमाराशैल’, ‘आँसु’ लगायत कृतिहरु प्रसिद्ध छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद