पछिल्लो समय विश्वभर योग संस्कृतीले व्यापकता पाईरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतीसँग जोड्नुपर्ने बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए ।
हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।