Media Network

युगान्डा विरुद्ध ब्याटिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । पाँच टी–२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो । खेल १ बजे सुरु हुनेछ । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १–० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । 

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टी२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद