दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको थियो। कीर्तिपुरमा नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन बनाएपछि १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा युगान्डाले एक बल बाँकी रहँदै नौ विकेट गुमाएर निर्धारित १०२ रनको लक्ष्य पूरा गरेर जित निकाल्यो। नेपाली बलरविरुद्ध युगान्डाका रिता मुसामालीले ३० रन बनाइन् भने फ्रांकलिन जाज्जुम्बाले १९ रन बनाइन्।
बलिङमा नेपालका लागि कविता कुँवर र सबनम राईले समान २–२ विकेट लिए। त्यस्तै, सिता राना मगर र रुविना क्षेत्रीले पनि समान १–१ विकेट गिराएका थिए। नेपालले पहिलो खेलमा पनि हार बेहोरेको थियो। भने दोस्रो खेलमा पनि हार बेहोरेको हो। नेपालको यो हारसँगै जिम्बाबेको टिम २–० ले अघि रहेको छ। पाँच खेलको सिरिजमा युगान्डाको महिला टिमले अर्को एक खेल जितेमा उसले सिरिज जित्नेछ।
यता सिरिज जित्नका लागि अब नेपालले बाँकी तीन खेलमै जित निकाल्नु पर्नेछ।