Media Network

यूईएफए नेसन्स लिगः स्पेन र पोर्चुगलको बराबरी


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । यूईएफए नेसन्स लिगको विहीबार राती भएको खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलका छन् ।  स्पेनको भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

घरेलु टोलीका लागि २५औं मिनेटमा अल्भारो मोराटाले गोल गरी अग्रता दिलाए भने खेलको ८२ औं मिनेटमा पोर्चुगलका रिकार्डाे होर्टाले गोल गर्दै बराबरी बनाए । 

यसैगरी, बिहीबार राति भएका अर्काे खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५–१ ले हराएको छ । खेलमा ब्राजिलको लागि नेयमारले दुई गोल गर्दा रिचार्लीसन, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले एक एक गोल थपे । दक्षिण कोरियाका उइ–जो ह्वाङले एक गोल गरे ।

खेलको सातौं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ हि चेनले गोल गर्दै खेल बराबरीमा ल्याए । 

४२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ ले अघि बढाए । ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ को अग्रता दिलाए । 

८० औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दे ब्राजिललाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै ब्राजिललाई ५–१ को फराकिलो जित दिलाए ।

यसैगरी, चेक गणतन्त्रले स्विट्जरल्याण्डलाई २–१ ले हराउँदा स्विडेनले स्लोभेनियामाथि २–० को जित निकाल्यो ।

यसैगरी, विहीबार रातीकै खेलमा नर्वेले सर्वियालाई १–०, ग्रीसले दक्षिण आयरल्याण्डलाई १–०, स्टोनियाले सान मारिनोलाई २–० तथा कोसोभोले साइप्रसलाई २–०ले पराजित गर्यो । 

यस्तै, दक्षिण म्यासेडोनिया र बुल्गेरिया तथा इजरायल र आइसल्याण्डबीचको खेल भने बराबरीमा टुंगिएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद