Media Network

यूईएफए नेशन्सः इटालीले जर्मनीलाई बराबरीमा रोक्यो, हंगेरीद्वारा इंग्ल्याण्ड पराजित


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । यूईएफए नेशन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा जर्मनीलाई इटालीले बराबरीमा रोकेको छ । विश्वकप जितिसकेको जर्मनीलाई युरो २०२० च्याम्पियन इटालीले १–१ गोलको बराबरीमा रोकेको हो । 

शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । 

शनिवार रातीकै खेलमा हंगेरीले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको छ । हंगेरिका स्ट्राइकर डोमिनिक जोबोस्लाईले दास्रो हाफको ६६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । 

यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

यस्तै, शनिवार रातीकै खेलमा लम्जम्बर्गले लिथुनियालाई २–० ले पराजित गर्दा मोन्टेनेग्रोले रोमानियालाई २–०ले पराजित गर्यो । 

यस्तै, फिनल्याण्ड र बोस्निया हर्जगोबिनाबीचको खेल भने एक एक गोलको बराबरीमा रोकिएको छ । 



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद