Media Network

यूईएफए नेशन्सः नेदरल्यान्डद्वारा बेल्जियम, डेनमार्कद्वारा फ्रान्स पराजित


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । यूईएफए नेशन्स लिगको शुक्रबार राती भएको खेलमा नेदरल्याण्ड र डेनमार्क विजयी भएका छन् । ‘ए’ ग्रुप ४ को पहिलो राउन्डमा नेदरल्याण्ड विजयी भएको छ । शुक्रबार राती ब्रसेल्समा भएको खेलमा नेदरल्याण्डले बेल्जियमलाई ४–१ अन्तरले पराजित गरेको हो । 

नेदरल्याडको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर  मेम्फिस डिपाएले दुई गोल गरे भने स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले एक एक गोल गरे ।

घरेलु टोली बेल्जियमका मिचे बात्सुयाईले सान्त्वना गोल फर्काए । 

शुक्रबार रातीकै अर्को खेलमा डेनमार्कले फ्रान्सलाई २–१ ले पराजित गरेको छ । डेनमार्कको जितमा दुवै गोल एन्ड्रिज कोर्नेलिएसले गरेका हुन् । फ्रान्सका लागि   करिम बेन्जेमाले एक गोल गरे । 

यूईएफए नेशन्स लिगको शुक्रबार राती भएको अर्को खेलमा स्लोभाकियाले बेलारुसलाई १–० ले पराजित गरेको छ भने क्रोएशियाली टिम अष्ट्रियासँग पराजित भएको छ । अष्टियाले क्रोएशियालाई ३–० ले पराजित गरेको हो ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद