Media Network

यूईएफए नेशन्सः पोर्चुगलको विजयी शुरुवात, चेक रिपब्लिक र स्पेन बराबरी


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । यूईएफए नेशन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा पोर्चुगलले विजयी शुरुवात गरेको छ भने चेक रिपब्लिक र स्पेनबीचको खेल बराबरीमा टुंगिएको छ । 

लिगको समूह ए २ को खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पोर्चुगेली टिमले विजयी शुरुवात गरेको हो ।  

लिस्बोनस्थित घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको २ गोलसँगै पोर्चुगल विजयी भयो । पोर्चुगलका विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । स्विजरल्यान्डले सान्त्वना गोलसमेत फर्काउन सकेन । 

जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । 

यस्तै, चेक रिपब्लिक र स्पेनको खेल भने बराबरीमा टुंगिएपछि अंक बाँडेका छन् । चेक रिपब्लिक र स्पेनले २–२ गोको बराबरी खेले । 

समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । 

यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड  अंकविहिन भई पुछारमा छ । 

यूईएफए नेशन्स लिगको गएरातीको अन्य खेलमा नर्वेले स्वीडेनलाई २–१ पराजित गरेको छ भने सर्बियाले स्लोभेनियालाई ४– १ गोल अन्तरले पराजित गरेको छ । 

यसैगरी माल्टाले सान मारिनोलाई २–० ले पराजित गर्यो भने नर्थ मेसेडोनियाले गिब्राल्टरलाई २–० ले नै हरायो । 

यस्तै, अर्को खेलमा ग्रीसले कोसोभोलाई १–० ले पराजित गर्यो भने जर्जियाले बुल्गेरियालाई ५–२ ले पराजित गर्यो । नर्दन आयरल्याण्ड र साइप्रसले भने गोलरहित बराबरी खेले । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद