Media Network

युक्रेनको विश्वकपयात्रा अधुरो, वेल्सले ६४ वर्षपछि प्रवेश पायो


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । रुसी आक्रमणबाट गुज्रिरहेको युक्रेनको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । युरोपेली छनोटअन्तर्गत आइतबार राती भएको प्लेअफमा वेल्ससँग पराजित भएसँगै युक्रेनको विश्वकप यात्रा अधुरो रहेको हो । 

युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । आइतबार रातीको प्ले अफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । 

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको  छ । सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद