Media Network

यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरको छुट्यायो १५ लाख बजेट


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर ¥यापर यमबुद्धको शालिक बनाउने भएका छन्।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले बजेट नै छुट्याइसकेको छ।

 यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेकोे बताइएको छ । लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो।

बालेन आफैं हिपहप संगीतमा लागेकाले पनि यमबुद्धको योगदानको कदर गर्न खोजेको बताईएको छ ।बालेन शाहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन्। काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्। शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद