विहिबार राती फ्रान्कफर्टसँग ३–२ ले पराजित भएको बार्सिलोना समग्रमा ४–३ गोल अन्तरले पराजित हुन पुग्यो । यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको थियो ।
फ्रान्कफर्टको जितमा फिलिप कोस्टिकले दुई गोल गरे भने राफेल सान्तोसले एक गोल गरे । बार्सिलोनाका लागि सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल फर्काएका थिए । इभानले रातो कार्ड पाएपछि फ्रान्कफर्ट अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो ।