खेलको १६ औं मिनेटमा बेथ मीडले गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बन्यो । बेथले युरोपेली महिला च्याम्पियनसिप खेलमा अस्ट्रियालाई कीर्तिमानी भीडसामु पराजित गर्दा इङ्गल्याण्डलाई युरो २०२२ मा विजयी सुरुवात गर्न मद्दत गर्यो ।
हजार ८७१ दर्शक रहेको वल्र्ड ट्रफोर्ड मैदानमा खेलको १६ औं मिनेटमा मानुएला जिन्सबर्गरले हानेको बललाई टच गरी बेथले बललाई जाली चुमाएकी थिइन् ।
मीड, जर्जिया स्टेनवे र किर्बीले पहिलो हाफमा निकै राम्रो खेल्दै आक्रामण खेलेका थिए । जसका सामु अष्ट्रिय कमजोर सावित भयो ।
युरोपेली महिला च्याम्पियनसिप फुटवलको समूह एमा अस्ट्रियासँगै उत्तरी आयरल्यान्ड र नर्वे छन् ।
सारिना विगम्यानको टोलीले अर्को खेलमा समूह चरणको सबैभन्दा कठिन परीक्षाको सामना गर्नु पर्ने भएको छ । इंग्ल्याण्डले सोमबार विश्वको ११ औं स्थानमा रहेको नर्वेसँग खेल्नेछ ।