Media Network

युरोपियन च्याम्पियन्स लिग: चेल्सी विजयी


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रान्सको लिललाई २–० ले पराजित गरेको छ । 

लण्डनस्थित गृह मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन काई हाभर्ट्ज र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा हाभर्ट्जले र दोस्रो हाफको ६३ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा मंगलबार राति स्पेनको भिल्ला रियल र इटालीको युभेन्ट्सले एक एक गोलको बराबरी खेलेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद