यस बर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’अस्मितालाई


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
यस बर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’अस्मितालाई
काठमाडौ । यस बर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ। 

छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष गायक÷गायिकालाई सम्मान गर्दै आएको छ। गुठीले यो वर्षको प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो।सामाजिक सञ्जालमा अस्मिताले खुसी व्यक्त गर्दै -‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भए। नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत संगीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ। यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञ प्रकट गर्न चाहान्छु,’ । लेखेकी छन् ।