Media Network

यस्तो छ, सलमान खानको नेपालमा कार्यक्रम तालिका


खबरस्टोरी संवाददाता

१ बैशाख २०७९,बिहीबार

काठमाडौं । दशरथ रंगशालामा आयोजित ‘दबङ टुर रिलोडेड’ कार्यक्रममा बलिउड स्टार सलमान खान लगायतका कलाकारहरु आउने भएका छन् ।

आगामी जेठ १४ मा हुने कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नानडिज, प्रभु देवा, मनिष पल, आयुष शर्मा, गुरु रन्धावा, र आयुष शर्मा नेपाल आउँदै छन् ।सलमानको टिमले नेपाली दर्शकलाई करिब तीन घण्टा साथ दिनेछन् ।

बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा दबङ टुरका आयोजक तथा निर्देशक सोहिल इन्टरटेन्मेन्टका सोहिलले भने, “शो मा ४५ मिनेट देखि ३ घण्टासम्म प्रस्तुतिको समय हुने छ । त्योसँगै दर्शकसँग अन्तरक्रिया पनि गरिने छ । हामी करिब १५ देखि २० मिनेट दर्शकसँग अन्तरक्रिया गर्नेछौँ । आशा छ एकदमै रमाइलो हुनेछ ।”

यस्तो छ तालिका

आयोजक ओडीसी इन्टरटेन्मेन्टका अनुसार दर्शकका लागि बिहानको ११ बजेदेखि दशरथ रंगशालाको ढोका खुल्ने छ । “बिहानको ११ बजेदेखि गेट दर्शकका लागि खुल्ने छ । १२ बजेदेखि करिब ३ बजेसम्म डिजे सेसन हुने छ । त्यसपछि हाम्रो नेपाली कलाकारहरूको नृत्य र गीत प्रस्तुत हुने छ । बेलुका ७ः३० बजेदेखि तीन घण्टासम्म दबङ सो को इभेन्ट हुन्छ,”े ।

यो करिब १५ देखि २० करोडको प्रोजेक्ट हो । यसमा अभिनेता सलमानले एकदमै न्यून पारिश्रमिक लिएको बताईएको छ ।

आयोजक टिमले यस कार्यक्रममा करिब ३० हजार दर्शक आउने अनुमान गरेको छ । दबङ टुर रिलोडेडका लागि टिकटको मूल्य ५ हजार, १० हजार, १५ हजार र २५ हजार तोकिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद