बजेट घोषणा पछि पहिलो दिन खुलेको नेप्से एकै दिन ५० दशमलव ३३ अंकले घटेर २१ सय ७३ दशमलव ४४ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ इन्डेक्स पनि १० दशमलव ३३ अंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा खुम्चिएको छ ।
दुई सय २७ वटा कम्पनीहरुको २६ हजार नौं सय ४९ पटकको कारोबारमा आज ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार दुई सय ८२ रुपैयाँ कायम भएको छ ।
कारोबार भएका कुल १३ वटा समुहहरु मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बलेफी हाईड्रो पावर कम्पनी, गणपती लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने नेपाल इन्भेष्टमेन्ट बैंक, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । यसैगरी नेपाल टेलिकम, अरुण भ्याली हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।