Media Network

आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

काठमाडौं। आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो । महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद