आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालीटी क्लिनिकबिच सम्झौंता


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालीटी क्लिनिकबिच सम्झौंता
काठमाडौं।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालीटी क्लिनिकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेस्यालीटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेस्यालीटी क्लिनिक महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः एक्स रे, युएसजी, इसीजी, इको लगायतका सेवाहरुमा १० प्रतिसतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेस्यालीटी क्लिनिक सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।