आइएमई पे मार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
आइएमई पे मार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
काठमाडौं। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित आइएमई पे र फुडमान्डु बिच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

 “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. पाँच सय रुपैंयाँसम्म मात्र हुनेछ । 

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा पाँच सय रुपैंयाँसम्म मात्र हुने आइएमई पेले जनाएको छ ।