“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. पाँच सय रुपैंयाँसम्म मात्र हुनेछ ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा पाँच सय रुपैंयाँसम्म मात्र हुने आइएमई पेले जनाएको छ ।