Media Network

आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘ आइएमई पे’ र ‘ एभरेष्ट बैंक लिमिटेड ’ वीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पेएपमा प्रयोग गर्न सक्ने छन्।

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–एपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन्। आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको जनाइएको छ ।

आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको उल्लेख छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद