Media Network

आइएमई पे र दराजवीच सम्झौता, नव वर्ष २०७९ अभियान सुरु


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवन्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रवन्धक श्रीजोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।  

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ बैशाख सात को दिन सम्मको लागिआईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक रस आवर आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम रु. ७५० सम्म हुने व्यवस्था मिलाइएकोे छ । रस आवरको समय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछसाथै दराजको रु. १ को गेममा पनि सहभागि भएर साससुङ ए ०३ कोर, क्यु एण्ड यु क्वीन साईज बेड, नराजो ५० रियल मी जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भौचर संकलन गरी छुट रिडिम गर्नेछन् । 

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद