Media Network

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निशूल्क टिकट पाउने मौका


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निशूल्क उडान टिकट पाउनेछन् ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम्सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस्भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो । निशूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुलेमात्र सो अफरमा सहभागि हुन पाउनेछन् । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन्। भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद