आईएमईको नयाँ अफर ‘जोड्दै छ नाता’ सार्वजनिक


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
आईएमईको नयाँ अफर ‘जोड्दै छ नाता’ सार्वजनिक
काठमाडौ । इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ। 

अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२ हजार (कर वाहेक) उपलब्ध गराउने छ।  

यो अफर इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुनेछ।