Media Network

आईओसीले पठायो नयाँ मूल्य सूची, मासिक साढे ९ अर्ब घाटा


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । आईओसीले विहीबार पेट्रोलियम पदार्थको बढेको मूल्यको सूची पठाएको नेपाल आयल निगमले विहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ, हवाई इन्धनमा १९ रुपैयाँ ९१ पैसा बृद्धि गरिएको छ ।

आईओसीको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१.२८, डिजेलमा ३७.१६, हवाई इन्धन आन्तरिकमा रु२.७० घाटा हुने एनओसीले जनाएको छ । 

जेठ १८ गतेको मूल्य बमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर निममलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको छ । 

नेपाल आयल निगमको प्रेस विज्ञप्ति :


Share:
Reaction :
ताजा समाचार
खेलकुद