Media Network

आईपीओ खुल्योः आयोजना प्रभावित क्षेत्रकालाई रिभर फल्सकाे अवसर


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आइतबारदेखि आईपीओ खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि उसले आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि  निष्कासन गरेको हो ।

स्थानीयले २०७९ वैशाख ११ गतेसम्म आईपीओका लागि निवेदन दिन सक्नेछन् । माग अनुसार आवेदन नपरेमा थप १५ दिन गर्दै ढिलोमा वैशाख २६ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद