Media Network

आज सेयर कारोबार बन्द


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं।  साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार बन्द हुने भएको छ । आज सरकारले  राम नवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से कारोबार बन्द हुने भएको हो।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिदा दिने निर्णय गरेको जनाएको छ। आज रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। बिहिबार नेप्से सूचक ३५.६९ अंकले बढेर २४६४.३५ बिन्दुमा पुगेर रोकिएको थियो । कुल २ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद