काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) शेयर कारोबार बन्द हुने भएको छ । आज ईद पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो ।
अब शेयर बजार बुधवार बिहान ११ बजे खुल्नेछ । गत आइतवार अन्तरराष्ट्रिय श्रमिक दिवस परेकाले उक्त दिन पनि बजार बन्द भएको थियो । यसर्थ, यो साता सोमवार, बुधवार र बिहीवार तीन दिन मात्र शेयर कारोबार हुनेछ ।