Media Network

आजबाट नबिल–एनबी एकीकृत कारोबारमा जाँदै, २८ अर्ब पूँजीसहितको बैंक


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौ । आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् ।

 आज बेलुका ४ ः ३० बजे दुई बैंकबीच मर्जरको घोषणा हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैक बन्नेछ । बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्ने छ ।हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।

यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैकको रुपमा स्थापित थियो । तर, पछिल्लो समय नबिल–एनबी मर्जर भएर ’नबिल बैंक लिमिटेड’ बन्ने भएसँगै सो स्थान खोसिने भएको हो । 

नबिल–एनबी १००ः४२ स्वाप रेसियोमा मर्जरमा जाने भएका हुन् । अर्थात् नबिलको १०० कित्ता बराबर एनबीको ४२ कित्ता हुने गरी मर्जर सहमति भएको हो । असार १५ गते दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद