Media Network

आजबाट नेपालकै दोस्रो ‘गौतमबुद्ध’ अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

काठमाडौं । आजबाट नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय’ सञ्चालनमा आएको छ। 

देशमा ७ दशकपछि सन् २०१७ मै निर्माण सम्पन्न गर्दै २०१८ भित्रै सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण सुरु भएको विमानस्थल ४ वर्ष ढिला गरी सञ्चालनमा आएको हो। नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ सन् १९५१ देखि सञ्चालनमा आएको थियो।


विमानस्थलको औपचारिक सुरुवात नेपाल एयरलाइन्सको न्यारोबडी जहाज अवतरण गर्दै गरिएको हो। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवादले गरेका हुन। उद्घाटन कार्यक्रममा पर्यटन मन्त्री, नेपाल नागरिक उड्डयान प्राधिकरणमा महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसमेत सहभागी भएका छन। अहिले जजिरा एयरको जहाज अवतरण हुँदै व्यवसायीक उडान सुरू भएको हो।


विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडानको सुरुवात भने कुवेतको जजिरा एयरले गरेको हो।  विमानस्थल  निर्माणमा ३० अर्ब (जग्गा मुआब्जा सहित) खर्च भएको छ।  विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने जहाज त्यहाँ अवतरण गर्न सकिने छ। विमानस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ। गौतम बुद्धको जन्म थलो लुम्बिनी नजिक रहेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह व्यवसायिक रुपमा सञ्चालन हुने आशा समेत गरिएको छ।


विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्टले गरेको हो भने विमानस्थलको भौतिक संरचना निर्माणमा एसियाली विकास बैंकको सहयोग रहेको थियो।ड्रेमोस्ट्रेसन उडान पश्चात विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओबाट अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाण पत्र पाएको थियो।

सरकारले ६ अर्ब २२ करोड रूपैयाँमा ‘आइसीबी–जिरो एक’ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । हाल विमानस्थल प्रमुखका रुपमा गोविन्द्रप्रसाद दाहाललाई खटाइएको छ।


विमानस्थलका सञ्चालनका लागि आवश्यक ग्राउन्ड ह्यान्डिलिङको काम गर्ने जिम्मा राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निमगलाई लिएको छ।विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद