Media Network

आजको विदेशी विनिमय दर यस्तो, कुन मुद्रा कतिमा खरिद–बिक्री ?


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले  विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरीदमा १२१ रुपैयाँ ५९ पैसा र बिक्री १२२ रुपैयाँ १९ पैसा रहेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६ पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको खरिददर भने घटेर ८९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ४० पैसा र बिक्रीमा ९६ रुपैयाँ ८८ पैसा पाइन्छ। 

 आज कतारी रियाल एकको खरिददर बढेर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर बढेर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर सोमबार ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा कायम छ। मलेसियन रिंगिट एकको खरिददर पनि २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा पुगेको छ। 

आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०० रुपैयाँ २९ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ११ पैसा पुगेको छ।

विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर नेपाल राष्ट्र बैंकले नै  भारतीय मुद्राको विनिमय दर  निर्धारण गरे बमोजिम हुन्छ, जुुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद