आन्तरिक रेमिटेन्स कारोवार २५ हजार रुपैयाँसम्मको क्याप


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
आन्तरिक रेमिटेन्स कारोवार २५ हजार रुपैयाँसम्मको क्याप

काठमाडौ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटेन्स सिमा तोकेको छ । बुधबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले आन्तरिक रेमिटेन्समा २५ हजार रुपैयाँसम्मको कारोबार सिमा निर्धारण गरेको हो । परिपत्र जारी गर्दे राष्ट्र बैकले भनेको छ, अब प्रति व्यक्ति प्रति कारोबार सिमा २५ हजार रुपैयाँ मात्र कायम गरिएको छ । स्वेदशमा रकम स्थान्तरण गर्ने व्यवस्थामा संसोधन गर्दे यस्तो नीति कार्यान्वयनमा ल्याएको हो । 

यो नीति कार्यान्वयनमा आएपछि राष्ट्र बैंकबाट अनुमती प्राप्त रेमिटेन्स कम्पनी तथा उक्त रेमिटेन्स कम्पनीका सब ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्सको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५ हजार रुपैयाँसम्मको मात्र कारोबार गर्न सक्नेछन । यसअघि यस्तो कारोबारको सिमा एक लाख रुपैयाँसम्म रहेको थियो, परिपत्रमा भनिएको छ । तर बिदेशबाट नेपालस्थित सम्वन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठएको विप्रेषण रकम नगद मै भुक्तानी गर्न सकिने सिमा भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।