यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले घटेर तीन सय ८८ दशमलव ६२ अंकमा खुम्चिएको छ । नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको २८ हजार आठ सय ६४ पटकको कारोबारमा ३६ लाख ६३ हजार एक सय १० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४५ करोड ९३ लाख एक हजार तीन सय ८८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये फाईनान्स र लघुवित्त समुहको सुचक बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।
आज कारोबार भएका कुल कम्पनीहरु मध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि स्टान्र्डड चार्टड बैंक, युनाईटेड इन्स्योेरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले भने गुमाएका छन् । शिवम सिमेन्ट, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छ् ।