Media Network

अब बैंकका सहायक कम्पनीले पनि ब्रोकर लाइसेन्स पाउने


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ।  नेपाल धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने व्यवस्था  गरेको छ। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषद्बाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ । अब बैंकको सहायक कम्पनीसँगै अरु प्राइभेट कम्पनी, पब्लिक कम्पनी सबैलाई ब्रोकर लाइसेन्स लिन बाटो खुला भएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए। 

नेपालको कानुनले बैंकको सहायक कम्पनीले सेयर कारोबारका लागि ब्रोकर लाइसेन्स लिन पाउने बाटो खुलाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद