Media Network

अब खल्तीमार्फत नै ब्लुबुक नवीकरण गर्न सकिने


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ब्लूबुक नवीकरण शुल्क तिर्ने सुविधा सञ्चालनमा ल्याएको छ । विनाकुनै झन्झट आफ्नो ब्लुबुकको शुल्क अनलाइनबाट बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो। 

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्नेछन्। आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने खल्तीले जनाएको छ।प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपूर्व आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआइएस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुने कम्पनीले जनाएको छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस अप्सन अन्तर्गत “ब्लुबुक रिन्यु“ मा ट्याप गर्नुपर्ने हुन्छ । यसमा आवश्यक विवरणहरू भरेपछि भुक्तानी गर्न सकिने खल्तीले जानकारी गराएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद