अग्नि समूह ३० औं वर्षमा, अग्नि उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान


खबरस्टोरी संवाददाता
२८ फाल्गुन २०७८, शनिबार
अग्नि समूह ३० औं वर्षमा, अग्नि उदय छात्रवृत्ति पुरस्कार २०७८ प्रदान
काठमाडौं।  नेपालकै प्रतिष्ठित व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले आफ्नो सञ्चालनको ३० वर्ष पूरा भएको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिएका छन् । 

“हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु। यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,” श्रेष्ठले भने । “अग्नी ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो ।  आज अग्नी ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ भने देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरूसहित यसको बृहत नेटवर्क छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्,” श्रेष्ठले भने । 

उक्त कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । “हरेक वर्ष हामी २५ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्छौं तर यस वर्ष हामीले ३० जना विद्यार्थीहरूलाई हाम्रो ३० वर्षे उत्सवका लागि छानेका हौं । हामी योग्य विद्यार्थीहरुलाई अवसर प्रदान गर्न प्रतिबद्ध छौं र आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिनेछौं,” अग्नी ग्रुपका नायब–निर्देशक बरदान बस्नेतले भने । अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।