Media Network

८७.६३ अंकले बढ्यो नेप्से,४ अर्ब ३० करोडको कारोबार


खबरस्टोरी संवाददाता

८ कार्तिक २०७८,सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।  

नेप्सेका अनुसार आज सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज ४ प्रतिशतले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।          
  

Share:
Reaction :
ताजा समाचार
खेलकुद